News Portal

  • सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

    संगीता गुरुङ
    १६४ पटक

    काठमाडौं, २० चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

    रेडियो नेपालको ७५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता सरकारको प्राथमिकतामा रहेको र व्यवहारमै यसको प्रमाणित उदाहरणहरू देखिएको बताए।

    उनले प्रेस जगत्ले राष्ट्रियता, लोकतन्त्र, सुशासन, र समृद्धिलाई प्रवर्द्धन गर्नुपर्नेसमेत उल्लेख गरे। साथै, सरकारद्वारा अघि सारिएका सामाजिक परिवर्तन, विकास, पारदर्शिता, र सुशासनका अभियानहरूलाई जनतामाझ पुर्‍याउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा राखे।

    प्रधानमन्त्री ओलीले रेडियो नेपालले विगतदेखि नै नेपालमा राजनीतिक जागरण ल्याउन महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै अब आधुनिक प्रविधिको सदुपयोग गर्दै सूचना प्रसारणलाई रोजगारी सिर्जना र आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...