News Portal

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

संगीता गुरुङ
१७२ पटक

चैत्र १९, काठमाडौँ – डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका-१ तिखास्थित सडकमा सोमबार साँझ एक बोलेरो दुर्घटना भएको थियो। दिपायलबाट आदर्शतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४११८ नम्बरको बोलेरोबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहरा खसेर गम्भीर घाइते भएका थिए। घाइतेलाई शैलेश्वरी अस्पताल, दिपायलमा उपचार गरिएपनि उनको मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहामा पनि एक दुर्घटना भएको छ। धनगढीमाई नगरपालिका-११ स्थित सडकमा धनगढीबाट शान्तिपुरतर्फ जाँदै गरेको को.१ च ८६१२ नम्बरको एम्बुलेन्सले ४० वर्षीया वविता यादवलाई ठक्कर दिएको थियो। यो घटना सोमबार राति भएको हो र ठक्करबाट गम्भीर घाइते वविता यादवको उपचारको क्रममा सिराहाको आरके मेडिसिटि अस्पतालमा मृत्यु भएको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका-२ दोघरास्थित सडकमा मंगलबार बिहान एक मोटरसाइकल दुर्घटना भएको छ। से.४ प ३५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेर २४ वर्षीय अनिष चौधरीको मृत्यु भएको हो। उनलाई बर्दगोरिया अस्पतालमा उपचार गर्दा मृत घोषित गरिएको छ। साथै, मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भएका छन् र उपचार भइरहेको छ।

प्रहरीले यी सबै दुर्घटनामा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...