News Portal

बझाङमा नक्कली योजना देखाएर १४ लाखको भ्रष्टाचार, सात जना विरुद्ध मुद्दा

बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना देखाई १४ लाख रुपैयाँभन्दा बढी हिनामिना गरिएको आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

संगीता गुरुङ
२४४ पटक

चैत्र १३, काठमाडौं – बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना बनाएर १४ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरिएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा सात जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, प्राविधिक सहायक जनक थापा मगर, लेखापाल मदन राज जोशी, र उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा २०७६/०७७ मा सम्पन्न भनिएको सिम्लका घट्ट सिँचाइँ कुलो निर्माणलाई आधार मानेर २०७७/०७८ मा कुनै काम नगरी अनियमित तरिकाले भुक्तानी लिइएको खुलेको छ। अख्तियारले उनीहरूलाई झुट्टा बिल भरपाई, कागजात लुकाउने, गलत लिखत तयार गर्ने तथा नक्कली कागजातका आधारमा रकम निकासा गरेको आरोप लगाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, मुद्दा दायर भइसकेको छ, र दोषी प्रमाणित भए कानुनी कारबाही अघि बढाइनेछ।

 

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...