News Portal

जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध, आशु यादव हत्याका दोषीको पक्राउको माग

संगीता गुरुङ
२२१ पटक

चैत्र १३, जनकपुरधाम – होली पर्वका दिन हत्या गरिएका किशोर आशु यादवका परिवार तथा स्थानीयवासीले दोषीहरूलाई शीघ्र पक्राउ गर्न माग गर्दै जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध पारेका छन्।

जनकपुरधाम उपमहानगरपालिका-२३, बिन्दीमा बिहानैदेखि प्रदर्शन जारी छ। मृतकका आफन्त र स्थानीय बासिन्दाले तीन घण्टासम्म सडकमा चक्काजाम गरी दोषीहरूलाई कारबाहीको माग गरेका छन्।

गत चैत २ गते होली खेल्दाको विवादलाई लिएर २१ वर्षीय धर्मेन्द्र महतोले १५ वर्षीय आशु यादवलाई घरबाट बोलाई छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका आशुको उपचारका क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

घटनालगत्तै धर्मेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिए पनि छुरा उपलब्ध गराउने व्यक्तिसहित अन्य संलग्नहरू अझै फरार रहेको मृतकका परिवारको गुनासो छ। आशुकी आमा अर्चना यादवले छोराका हत्याराहरू सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दै स्थानीयवासीको साथमा प्रदर्शन गर्दै आएकी छन्।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार आशुलाई छाती, ढाड र पेटमा गहिरो चोट लाग्ने गरी छुरा प्रहार गरिएको थियो। प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरिसकेको दाबी गरे पनि अन्य संलग्नहरू अझै फरार रहेका छन्।

मृतक परिवार र प्रदर्शनकारीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरेका छन्। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...