News Portal

अवैध लागुऔषधसहित चार जना पक्राउ

कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३०० पटक

काठमाडौं, ११ चैत्र – कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। झापा, मोरङ, र उदयपुरका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

झापा: इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ स्थित भन्सार चोकमा भारतको किसानगञ्ज निवासी २३ वर्षीय सलमलाई पक्राउ गरेको छ। उनलाई भारतबाट नेपाल तर्फ आउँदा ४.५५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

मोरङ: इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित दुई जनालाई पक्राउ गरेको छ। मोरङका केरावारी गाउँपालिका–७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङसँग २.४७ ग्राम ब्राउनसुगर फेला परेको छ।

उदयपुर: जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरेको छ। उनलाई ७ एम्पुल प्रतिबन्धित औषधी र २५ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी जारी राखेको र कारबाही प्रक्रिया अघि बढाउने बताएको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...