News Portal

अवैध लागुऔषधसहित चार जना पक्राउ

कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३३३ पटक

काठमाडौं, ११ चैत्र – कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। झापा, मोरङ, र उदयपुरका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

झापा: इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ स्थित भन्सार चोकमा भारतको किसानगञ्ज निवासी २३ वर्षीय सलमलाई पक्राउ गरेको छ। उनलाई भारतबाट नेपाल तर्फ आउँदा ४.५५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

मोरङ: इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित दुई जनालाई पक्राउ गरेको छ। मोरङका केरावारी गाउँपालिका–७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङसँग २.४७ ग्राम ब्राउनसुगर फेला परेको छ।

उदयपुर: जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरेको छ। उनलाई ७ एम्पुल प्रतिबन्धित औषधी र २५ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी जारी राखेको र कारबाही प्रक्रिया अघि बढाउने बताएको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...