News Portal

  • जिल्ला प्रशासन मोरङ र रंगेली प्रहरी धाउँदा पनि न्याय पाएनन्

    रबिन्द्र बराल
    १४५ पटक

    चैत्र ६, मोरङ – मोरङको सुनवर्सी नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश सरदारले पाँच वर्ष अघि वैदेशिक रोजगारीका लागि रकम बुझाए पनि हालसम्म पैसा फिर्ता नपाएको गुनासो गरेका छन्।

    प्रकाश सरदारका अनुसार, रंगेली–७ निवासी मफुस खानले ८९ हजार ५ सय रुपैयाँ लिई वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिएका थिए। तर, मेडिकल चेकजाँचका क्रममा समस्या देखिएपछि विदेश नजाने निर्णय गर्दा उनले मफुस खानलाई रकम फिर्ता गरिदिन अनुरोध गरे। यद्यपि, अहिलेसम्म उनले १० हजार रुपैयाँ मात्र फिर्ता दिएका छन्, बाँकी रकम फिर्ता गर्न अस्वीकार गरेका छन्।

    प्रशासन र प्रहरी कार्यालयमा निवेदन दर्ता भए पनि सुनुवाइ भएन

    पीडित प्रकाश सरदारका अनुसार, २०७९ साउन १० गते उनले आफू लगायत ६ जनाले मोरङ जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए। दर्ता नम्बर १६३/४१० रहेको उक्त निवेदनमा साउन ११ गते छलफल गर्ने सहमति भए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन।

    यसैगरी, उनले इलाका प्रहरी कार्यालय रंगेलीमा पनि पटक–पटक निवेदन दिएका भए पनि हालसम्म रकम फिर्ता दिलाउन कुनै कारबाही नभएको बताएका छन्।

    एजेन्टले गाउँका धेरै युवाबाट रकम लिएको आरोप

    प्रकाश सरदारले आफू मात्रै नभई, मफुस खानले गाउँका अन्य युवाहरूबाट पनि ठगी गरेको आरोप लगाएका छन्। उनले भने, “एजेन्टले धेरै युवाको पैसा लिएर फिर्ता दिएको छैन। प्रशासनबाट पनि न्याय नपाएपछि मिडियामार्फत आफ्ना गुनासा सार्वजनिक गर्न बाध्य भएको हुँ।”

    उनले सम्बन्धित निकायलाई न्याय दिलाउन अनुरोध गर्दै आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली सेनाको सुरक्षाबाट बाहिरिए

    काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको...

    रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः...

    हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

    काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं...

    विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

    काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न...

    सभामुख घिमिरे: संसद् विघटन नगरी समाधान खोज्नु उचित हुन्थ्यो

    काठमाडौँ, असोज २ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रै समाधान खोज्नु नै राम्रो...