News Portal

नाबालिगलाई जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोप, एक जना पक्राउ

काठमाडौंमा अवैध रूपमा बालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा प्रहरीले एक गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२५९ पटक

काठमाडौं, चैत्र ६ – काठमाडौंमा अवैध रूपमा बालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा प्रहरीले एक गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले गोरखा, पालुङटार नगरपालिका-६ का ४५ वर्षीय शम्भुलाल मल्ललाई नियन्त्रणमा लिएको हो। उनी काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित ‘पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ सञ्चालन गर्दै आएका थिए।

प्रहरीका अनुसार, गेष्ट हाउसभित्र नाबालिग बालिकाहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइएको गोप्य सूचना प्राप्त भएपछि सोमबार अपराह्न छापा मारिएको थियो। सो क्रममा प्रहरीले दुई बालिकाको उद्धार गरेको छ। मंगलबार ती बालिकाहरूले आधिकारिक रूपमा जाहेरी दिएका छन्।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मल्लविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...