News Portal

कोशी र मधेसमा हुरीबतासको चेतावनी, सतर्कता अपनाउन आग्रह

हिमालीसंचार संवाददाता
१८६ पटक

चैत्र ५, काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्य छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुनसक्ने विभागले जनाएको छ।

यस्तै, अपराह्नतिर कोशी र मधेस प्रदेशका केही स्थानहरूमा हुरीबतास चल्न सक्ने अनुमान गरिएको छ। यसले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान छ। आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...