News Portal

नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा

नेपाली सुन बजारमा नयाँ रेकर्ड कायम भएको छ।

संगीता गुरुङ
२५६ पटक

चैत्र ५, काठमाडौँ – नेपाली सुन बजारमा नयाँ रेकर्ड कायम भएको छ। आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार मात्र सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ थियो। एकै दिनमा १ हजार १०० रुपैयाँको वृद्धि भएको देखिन्छ।

यसअघि चैत्र १ गते सुन तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसयता केही उतारचढाव देखिए पनि पछिल्लो समय लगातार मूल्य वृद्धि भइरहेको छ।

यता, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलाको २ हजार ४० रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले वृद्धि भई २ हजार ५० रुपैयाँ पुगेको छ।

 

 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...