News Portal

धनुषामा चोकको नामाकरण विवादले उग्र रुप लिँदा गोली चल्यो, एक जना घाइते

धनुषामा चोकको नामाकरण विवादले उग्र रुप लिँदा गोली चलेको थियो जसमा एक जना घाइते भएका छन्।

संगीता गुरुङ
२९७ पटक

चैत्र ४, धनुषा – सबैला नगरपालिका–९ भठिहनमा चोकको नाम राख्ने विषयलाई लिएर दुई समूहबीच विवाद चर्किंदा प्रहरीले गोली चलाएको छ। उक्त घटनामा स्थानीय सन्तोष यादव घाइते भएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो। आइतबार पनि सोही विषयमा विवाद उत्पन्न भएको र सोमबार थप तनाब सिर्जना भएपछि प्रहरीले कारबाही अघि बढाएको उनले जानकारी दिए।

हाल घाइते यादवको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...