News Portal

धनुषामा चोकको नामाकरण विवादले उग्र रुप लिँदा गोली चल्यो, एक जना घाइते

धनुषामा चोकको नामाकरण विवादले उग्र रुप लिँदा गोली चलेको थियो जसमा एक जना घाइते भएका छन्।

संगीता गुरुङ
२३३ पटक

चैत्र ४, धनुषा – सबैला नगरपालिका–९ भठिहनमा चोकको नाम राख्ने विषयलाई लिएर दुई समूहबीच विवाद चर्किंदा प्रहरीले गोली चलाएको छ। उक्त घटनामा स्थानीय सन्तोष यादव घाइते भएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो। आइतबार पनि सोही विषयमा विवाद उत्पन्न भएको र सोमबार थप तनाब सिर्जना भएपछि प्रहरीले कारबाही अघि बढाएको उनले जानकारी दिए।

हाल घाइते यादवको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...