News Portal

गाईमाथि ढुंगा प्रहारको घटना संसदमा छलफल, कडा छानबिनको माग

बाजुराको जगन्नाथ गाउँपालिका–६ काभ्रेमा गाईमाथि ढुंगा प्रहार गरिएको घटनाले संसदमा पनि चर्चा भई नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।

हिमालीसंचार संवाददाता
३०८ पटक

बाजुरा, ४ चैत्र – बाजुराको जगन्नाथ गाउँपालिका–६ काभ्रेमा गाईमाथि ढुंगा प्रहार गरिएको घटनाले संसदमा पनि चर्चा पाएको छ। नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।

संसद बैठकमा बोल्दै सांसद रानाले परम्पराको नाममा अमानवीय गतिविधि हुनु निन्दनीय भएको बताइन्। “गाईलाई नदी पार गराउनका लागि ढुंगामुढा हान्नु मानवता विपरीतको कार्य हो,” उनले भनिन्, “सरकारले यसको तत्काल छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्छ।”

स्थानीय परम्परा अनुसार कसैको मृत्यु भएपछि गौदान गर्न गाईलाई नदी पार गराउने चलन छ। यसै क्रममा मलामी गएका व्यक्तिहरूले जबरजस्ती नदी पार गराउने प्रयास गर्दा ढुंगा प्रहार गरेको बताइन्छ।

यस घटनाले समाजमा नैतिक प्रश्न उठाएको भन्दै सांसद रानाले निर्दोष प्राणीमाथि हुने हिंसा रोक्न कानूनी उपाय आवश्यक रहेको धारणा राखेकी छन्। घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसको तीव्र विरोध भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...