News Portal

गाईमाथि ढुंगा प्रहारको घटना संसदमा छलफल, कडा छानबिनको माग

बाजुराको जगन्नाथ गाउँपालिका–६ काभ्रेमा गाईमाथि ढुंगा प्रहार गरिएको घटनाले संसदमा पनि चर्चा भई नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।

हिमालीसंचार संवाददाता
३५१ पटक

बाजुरा, ४ चैत्र – बाजुराको जगन्नाथ गाउँपालिका–६ काभ्रेमा गाईमाथि ढुंगा प्रहार गरिएको घटनाले संसदमा पनि चर्चा पाएको छ। नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्।

संसद बैठकमा बोल्दै सांसद रानाले परम्पराको नाममा अमानवीय गतिविधि हुनु निन्दनीय भएको बताइन्। “गाईलाई नदी पार गराउनका लागि ढुंगामुढा हान्नु मानवता विपरीतको कार्य हो,” उनले भनिन्, “सरकारले यसको तत्काल छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्छ।”

स्थानीय परम्परा अनुसार कसैको मृत्यु भएपछि गौदान गर्न गाईलाई नदी पार गराउने चलन छ। यसै क्रममा मलामी गएका व्यक्तिहरूले जबरजस्ती नदी पार गराउने प्रयास गर्दा ढुंगा प्रहार गरेको बताइन्छ।

यस घटनाले समाजमा नैतिक प्रश्न उठाएको भन्दै सांसद रानाले निर्दोष प्राणीमाथि हुने हिंसा रोक्न कानूनी उपाय आवश्यक रहेको धारणा राखेकी छन्। घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसको तीव्र विरोध भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...