News Portal

मकवानपुरमा भारतीय गाडी दुर्घटना, चार जना घाइते

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा दुर्घटनामा परी ४ जना भारतीय नागरिक घाइते भएका छन्

संगीता गुरुङ
२६१ पटक

चैत्र ४, मकवानपुर – काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चार जना भारतीय नागरिक घाइते भएका छन् भने उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार, सोमबार बिहान इन्द्रसरोवर गाउँपालिका-३, धाराखोल्छा नजिकैको दक्षिणकाली सडक खण्डमा युपी ७० एनटी ६९१७ नम्बरको गाडी अनियन्त्रित भई सडक किनारमा ठोक्किएको थियो। प्रहरीका अनुसार, दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ।

गाडीमा १७ जना सवार थिए, जसमध्ये चार जना घाइते भएका छन्। हाल घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...