News Portal

धनगढीमा ग्यास सिलिन्डर विष्फोट, तीन जना घाइते

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जना घाइते भएका छन्।

संगीता गुरुङ
२७६ पटक

चैत्र ३, धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका-६ मटियारी निवासी ३६ वर्षीया मिना खड्काको घरमा ग्यास जडान गर्ने क्रममा अचानक विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विष्फोटमा परेर खड्कासँगै ४० वर्षीय ग्यास बिक्रेता गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका छन्। घाइतेहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ, जहाँ चिकित्सकहरूले उनीहरूको अवस्था खतरामुक्त रहेको बताएका छन्।

प्रहरी अनुसन्धान अनुसार खड्काले जोशीको पसलबाट ग्यास सिलिन्डर ल्याएपछि जडान गर्न उनलाई घरमै बोलाएकी थिइन्। सोही क्रममा सिलिन्डर विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...