News Portal

धनगढीमा ग्यास सिलिन्डर विष्फोट, तीन जना घाइते

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जना घाइते भएका छन्।

संगीता गुरुङ
२०८ पटक

चैत्र ३, धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका-६ मटियारी निवासी ३६ वर्षीया मिना खड्काको घरमा ग्यास जडान गर्ने क्रममा अचानक विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विष्फोटमा परेर खड्कासँगै ४० वर्षीय ग्यास बिक्रेता गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका छन्। घाइतेहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ, जहाँ चिकित्सकहरूले उनीहरूको अवस्था खतरामुक्त रहेको बताएका छन्।

प्रहरी अनुसन्धान अनुसार खड्काले जोशीको पसलबाट ग्यास सिलिन्डर ल्याएपछि जडान गर्न उनलाई घरमै बोलाएकी थिइन्। सोही क्रममा सिलिन्डर विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...