News Portal

  • साझा यातायातले फेरि खोल्यो सीईओ नियुक्तिको दरखास्त

    साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ।

    संगीता गुरुङ
    १७९ पटक

    चैत्र ३, काठमाडौँ – साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ। पहिलो चरणमा आएका उम्मेदवारहरु योग्य नदेखिएपछि दोस्रो पटक आवेदन माग गरिएको हो।

    यसअघि पुस २९ गते सीईओ पदका लागि आवेदन खुलाइएको थियो। तर, आवश्यक योग्यता पूरा गर्ने उपयुक्त उम्मेदवार नपाइएपछि पुनः आवेदन खुलाइएको साझा यातायातले जनाएको छ।

    नयाँ आवेदनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन जस्ता विषयमा स्नातकोत्तर गरेका ३५ देखि ६३ वर्ष उमेर समूहका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

    सीईओ पदका लागि आवेदन दिने अन्तिम म्याद २१ दिन तोकिएको छ। इच्छुक उम्मेदवारले विस्तृत कार्ययोजना छुट्टै सिलबन्दी खाममा बुझाउनु पर्नेछ भने सोही योजनाको सफ्ट कपी पनि पेश गर्नुपर्नेछ।

    साझा यातायातको सीईओ बन्ने उम्मेदवारले कम्तीमा ५ करोड चुक्ता पुँजी भएको तथा १० जना पूर्णकालीन कर्मचारी रहेको, पाँच वर्षभन्दा पुरानो संस्थामा कार्यअनुभव भएको हुनुपर्नेछ। साथै, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत स्तरको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा दसौँ तहमा ७ वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...