News Portal

  • ट्याक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु, स्थानीय आन्दोलित

    तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

    संगीता गुरुङ
    १५७ पटक

    तुलसीपुर, चैत्र ३ – तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–९, गौरीशंकर टोलमा बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा ९ वर्षीया दिपशिखा वलीको घटनास्थलमै मृत्यु भएको हो।

    सल्यानको छत्रेश्वरी गाउँपालिका–२ घर भई तुलसीपुरमा काका संगीता खड्कासँग बस्दै आएकी वलीलाई रा १ त ३२३९ नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

    घटनापछि ट्याक्टर चालक फरार भएका छन्, भने प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ। बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले भित्री सडक अवरुद्ध पार्दै टायर बालेर विरोध जनाएका थिए। मृतकका परिवार तथा स्थानीयवासीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...