News Portal

ट्याक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु, स्थानीय आन्दोलित

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

संगीता गुरुङ
२२७ पटक

तुलसीपुर, चैत्र ३ – तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–९, गौरीशंकर टोलमा बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा ९ वर्षीया दिपशिखा वलीको घटनास्थलमै मृत्यु भएको हो।

सल्यानको छत्रेश्वरी गाउँपालिका–२ घर भई तुलसीपुरमा काका संगीता खड्कासँग बस्दै आएकी वलीलाई रा १ त ३२३९ नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घटनापछि ट्याक्टर चालक फरार भएका छन्, भने प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ। बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले भित्री सडक अवरुद्ध पार्दै टायर बालेर विरोध जनाएका थिए। मृतकका परिवार तथा स्थानीयवासीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...