News Portal

  • सेयर बजारमा ८२ अंकको गिरावट, सबै सेक्टरमा कमजोरी

    हिमालीसंचार संवाददाता
    १३४ पटक

    काठमाडौं, १ चैत्र – यस साता सेयर बजारमा २.९ प्रतिशतको गिरावट आएको छ। बजार २७३६ अंकमा पुग्दा गत साता यो २८१८ अंकमा थियो। यस साता ४ दिन कारोबार भएकोमा ३ दिन बजार घटेको र एक दिन सुधार आएको छ।

    आइतबारदेखि मंगलबारसम्म बजारमा लगातार गिरावट देखिएको थियो। आइतबार ४६.३३ अंक, सोमबार २०.६८ अंक र मंगलबार ३२.२१ अंक घट्दा कारोबार रकम पनि केही कम भएको थियो। बुधबार मात्र बजारले १७.२८ अंकको सुधार देखायो। कारोबार रकमको हिसाब गर्दा आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोड र बुधबार ८ अर्ब २३ करोडमा कारोबार भएको थियो।

    सप्ताहभरि सबै प्रमुख सेक्टरमा गिरावट आएको छ। विशेष गरी फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टरहरूमा ४ प्रतिशतभन्दा बढीको कमी देखिएको छ। विकास बैंक सेक्टर भने अन्य सेक्टरहरूको तुलनामा कम गिरावटसँगै रहेका छन्।

    समग्रमा फागुन महिनाको कारोबारमा उतारचढाव देखा परेका छन्। १ फागुनमा बजार २६७८ अंकमा थियो भने महिनाको अन्त्यमा २७३६ अंकमा पुगेको छ। १८ फागुनसम्म बजारले २८९० अंकको उच्चतम स्तर छुकेको थियो।

    आगामी साता के होलाः

    यस साता गिरावटका बीच बजारले सुधार देखाएकोले आगामी साता वृद्धि हुने सम्भावना रहेको विशेषज्ञहरूले बताएका छन्। बजारमा अबको सुधारलाई सकारात्मक रुपमा लिइन्छ। राष्ट्र बैंकको माघ मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्सको वृद्धि र घटेका ब्याजदरहरूले बजारको पक्षमा वातावरण बनाउन मद्दत गरेका छन्।

    तर, विगतका केही हप्तामा लगातारको गिरावटका कारण लगानीकर्ताको विश्वास कमजोर भएको छ। त्यसैले आगामी साता बजारको प्रारम्भिक दिनमा केही लगानीकर्ताले बिक्री गर्ने अवस्था हुन सक्ने आशंका गरिएको छ। यदि माग पक्षले आपूर्ति पचाउन सके भने, बजारमा वृद्धि कायम रहने सम्भावना रहेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...