News Portal

महोत्तरीमा १० वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोप, सशस्त्र प्रहरी नायब निरीक्षक पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा सशस्त्र प्रहरी नायब निरीक्षक पक्राउ परेका छन्।

संगीता गुरुङ
२०४ पटक

महोत्तरी – १ चैत – महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित पिपराढी रेल्वे ट्र्याक पोस्टमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गम्भीर आरोप लागेको छ।

स्थानीयले जबरजस्ती करणीको घटना थाहा पाएपछि आक्रोशित भइ सशस्त्र प्रहरीको पोस्टलाई घेराउ गरे। स्थानीयहरूको दबाबमा सशस्त्र प्रहरीको टोलीले आरोपी सई सिंहलाई नियन्त्रणमा लिएको छ।

घटनाको बारेमा महोत्तरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिँदै बालिकामाथि दुव्र्यवहार भएको पुष्टि गरेको छ। त्यसैगरी, घटनाको विस्तृत छानबिनको प्रक्रिया सुरु गरिएको छ र आरोपीलाई कानूनी दायरामा ल्याउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...