News Portal

आरआर क्याम्पसमा स्ववियु उम्मेदवार समिर शाहीको उम्मेदवारी फिर्ता

आरआर क्याम्पसमा स्ववियु उम्मेदवार समिर शाहीको उम्मेदवारी फिर्ता लिएका छन्।

संगीता गुरुङ
१८२ पटक

फाल्गुन २९, काठमाडौँ – आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई मध्यनजर गर्दै रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका सभापतिका स्वतन्त्र उम्मेदवार समिर कुमार शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शाही अनेरास्ववियु (क्रान्तिकारी) मुगुका सचिवसमेत हुन्। शुक्रबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेका छन्। “मैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको थिएँ, तर स्वविवेकले निर्णय गर्दै फिर्ता लिएको हुँ। कुनै पनि पक्षलाई समर्थन गरेको छैन,” उनले हिमाली सञ्चारसँग बताए।

आरआर क्याम्पसमा स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनहरूबीच गठबन्धन बनेका छन्। एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच तालमेल भएको छ। त्यस्तै, माओवादी केन्द्र निकट क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी विद्यार्थी संगठन संयुक्त रूपमा प्रतिस्पर्धामा छन्। कांग्रेस निकट नेविसंघ र राप्रपा निकट प्ररावियुले पनि गठबन्धन गर्दै प्रतिस्पर्धा गर्न लागेका छन्।

आरआर क्याम्पसको विद्यार्थी राजनीति थप रोचक मोडमा पुगेको छ भने स्ववियु निर्वाचनको प्रतिस्पर्धा तीव्र हुने आँकलन गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...