News Portal

होलीमा नियम उल्लंघन गर्नेलाई दिनभर सडकमै रोकिने

उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने भएको छ।

संगीता गुरुङ
२७४ पटक

काठमाडौं, फागुन २९ – काठमाडौं उपत्यकामा होली पर्वलाई सुरक्षित बनाउन सुरक्षाकर्मीहरू थप सतर्क बनेका छन्। उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेका अनुसार यसपटक नियम तोड्नेलाई सामान्य कारबाही मात्र नभई, दिनभर सडकमै रोकिने व्यवस्था गरिएको छ।

“नियम उल्लंघन गर्ने जोकोहीलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुन्छ। साथै, उनीहरूलाई होली मनाउन नपाउने गरी दिनभर जाँचस्थलमै रोकिनेछ,” एसएसपी घिमिरेले बताए।

उपत्यकाभर १२० भन्दा बढी ट्राफिक जाँच स्थल तोकिएको छ। ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरी मादक पदार्थ तथा लागु पदार्थ सेवन नियन्त्रणमा विशेष ध्यान दिइएको छ।

सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई मर्यादित रूपमा होली मनाउन आग्रह गर्दै आफन्त तथा चिनेजानेकासँग मात्र रंग खेल्न अनुरोध गरेका छन्। प्रशासन कार्यालयहरूले पनि सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरे कानुनी कारबाही हुने चेतावनी दिएका छन्।

आज काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा होली मनाइँदैछ भने भोलि तराईका जिल्लाहरूमा होली पर्वको उल्लास छाउनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...