News Portal

फागुपूर्णिमा प्रकृति पुनर्जागरणको प्रतीक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार फागुपूर्णिमा वसन्त ऋतुको आगमनले प्रकृति पुनर्जागरणको संकेत गर्छ।

संगीता गुरुङ
१७३ पटक

फाल्गुन २९, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले फागुपूर्णिमालाई वसन्तोत्सव तथा मदनोत्सवका रूपमा पनि मनाइने उल्लेख गरे। यो पर्व हर्ष, उमङ्ग र आपसी मेलमिलापको प्रतीक भएको प्रधानमन्त्रीको भनाइ छ।

उनका अनुसार वसन्त ऋतुको आगमनले प्रकृति पुनर्जागरणको संकेत गर्छ। “यस ऋतुमा फूलहरू फुल्ने, चराहरूको मीठो चिरबिर आवाजले वातावरण झनै रमणीय बन्ने गर्छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

शास्त्रीय मान्यताअनुसार फागुपूर्णिमा केवल एक पर्व मात्र नभई प्रकृति र जीवनको चञ्चलताको प्रतीकसमेत रहेको उनले बताएका छन्। “हाम्रो प्राचीन शास्त्र वेदअनुसार चन्द्रमालाई मनका देवता भनिएको छ। यस ऋतुमा सबै प्राणी तथा वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ,” उनले लेखेका छन्।

फागुपूर्णिमाले सामाजिक सद्भाव, भाइचारा र उमङ्गको वातावरण सिर्जना गर्ने भन्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई “ह्याप्पी होली”को शुभकामना दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...