News Portal

  • नेप्से सूचकांकमा सुधार, ८ अर्ब २३ करोडको कारोबार

    सञ्चार टिम, काठमाडौँ, बुधबार, २८ फागुन २०८१ – सात दिनको लगातार गिरावटपछि आज सेयर बजारमा सुधार आएको छ

    हिमालीसंचार संवाददाता
    १३५ पटक

    काठमाडौँ, २८ फागुन – सात दिनको लगातार गिरावटपछि आज सेयर बजारमा सुधार आएको छ। आज नेप्से सूचकांक १७.२८ अंकले घटेर २७३६.४८ विन्दुमा पुगेको छ।

    आजको कारोबारमा कुल ८ अर्ब २३ करोड रुपैयाँको लेनदेन भएको छ, जुन अघिल्लो दिनको ८ अर्ब ३९ करोड रुपैयाँको तुलना केही कम हो। यसै बीच, १४६ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिएको छ भने ८८ कम्पनीका मूल्यमा घटबढ भएको छ।

    सेयर मूल्यमा सर्वाधिक वृद्धि पिपुल्स पावर कम्पनी, प्रभु इन्स्योरेन्स र दिब्यश्वरी हाइड्रोपावरका शेयरमा भएको छ। भने, विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किटमा पुगेको छ।

    आजको कारोबारमा माइक्रोफाइनान्स र विकास बैंकबाहेक अन्य सबै उपसूचकमा वृद्धि देखिएको छ। विशेषगरी, लगानी समूह र अन्य सूचकांकमा १ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। कारोबार रकमका हिसाबले माछापुच्छ्रे बैंकको प्रोमोटर सेयरले ८१ करोड र हिमालयन रिइन्स्योरेन्सले ५६ करोड रुपैयाँको कारोबार गरेको छ। कारोबार संख्याका आधारमा गार्डियन लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकको प्रोमोटर सेयर अगाडि रहेको देखिन्छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...