News Portal

नेप्से सूचकांकमा सुधार, ८ अर्ब २३ करोडको कारोबार

सञ्चार टिम, काठमाडौँ, बुधबार, २८ फागुन २०८१ – सात दिनको लगातार गिरावटपछि आज सेयर बजारमा सुधार आएको छ

हिमालीसंचार संवाददाता
२०२ पटक

काठमाडौँ, २८ फागुन – सात दिनको लगातार गिरावटपछि आज सेयर बजारमा सुधार आएको छ। आज नेप्से सूचकांक १७.२८ अंकले घटेर २७३६.४८ विन्दुमा पुगेको छ।

आजको कारोबारमा कुल ८ अर्ब २३ करोड रुपैयाँको लेनदेन भएको छ, जुन अघिल्लो दिनको ८ अर्ब ३९ करोड रुपैयाँको तुलना केही कम हो। यसै बीच, १४६ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिएको छ भने ८८ कम्पनीका मूल्यमा घटबढ भएको छ।

सेयर मूल्यमा सर्वाधिक वृद्धि पिपुल्स पावर कम्पनी, प्रभु इन्स्योरेन्स र दिब्यश्वरी हाइड्रोपावरका शेयरमा भएको छ। भने, विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किटमा पुगेको छ।

आजको कारोबारमा माइक्रोफाइनान्स र विकास बैंकबाहेक अन्य सबै उपसूचकमा वृद्धि देखिएको छ। विशेषगरी, लगानी समूह र अन्य सूचकांकमा १ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। कारोबार रकमका हिसाबले माछापुच्छ्रे बैंकको प्रोमोटर सेयरले ८१ करोड र हिमालयन रिइन्स्योरेन्सले ५६ करोड रुपैयाँको कारोबार गरेको छ। कारोबार संख्याका आधारमा गार्डियन लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकको प्रोमोटर सेयर अगाडि रहेको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...