News Portal

शिवपुरी जंगलमा १८ दिनपछि हराएको व्यक्तिको शव फेला

शिवपुरी जंगलमा १८ दिनपछि हराएको व्यक्तिको शव फेला परेको छ।

संगीता गुरुङ
१८३ पटक

काठमाडौँ, फागुन २८ – १८ दिनदेखि हराइरहेका ५८ वर्षीय कान्छा महर्जनको शव आज शिवपुरी जंगलमा भेटिएको छ।

तारकेश्वर नगरपालिका ६, धर्मस्थलीका महर्जन फागुन १० गते बिहान घरबाट बेपत्ता भएका थिए। हराइरहेका महर्जनको खोजी विभिन्न स्थानमा भइरहेको थियो।

प्रहरीका अनुसार महर्जनको शव तारकेश्वर नगरपालिका ३, तीनपिप्ले पाँचमानेस्थित शिवपुरी जंगलमा भेटिएको हो। घटनाको कारण भने खुल्न सकेको छैन।

शवको पोस्टमर्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिने तयारी भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...