News Portal

चाँगुनारायण घटनाः साथीको हत्या आरोपमा बादल तामाङ कारागार पठाइयो

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा साथीको हत्या आरोपमा बादल तामाङ कारागार पठाइएको छ।

संगीता गुरुङ
२८२ पटक

२८ फागुन, काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत अवस्थामा भेटिएका १९ वर्षीय किशोर निरज लामा (निरोज)को हत्या आरोपमा उनका साथी बादल तामाङलाई पक्राउ गरी कारागार चलान गरिएको छ।

६ फागुनमा, निरज तामाङको घरमा मृत अवस्थामा फेला परेका थिए। प्रहरी अनुसन्धान पछि, उनलाई हत्या आरोपमा पक्राउ गरिएको थियो। भक्तपुर जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दर्ता गरिएको छ।

२६ फागुनमा, न्यायाधीश दिलिपराज पन्तको इजलासले बादललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेका छन्।

प्रहरीका अनुसार, निरज ५ फागुनको राती बादलको घर पुगेका थिए, जहाँ उनीहरू छुट्टाछुट्टै कोठामा सुतेका थिए। ६ फागुनको दिउँसो ३ बजेसम्म निरज उठ्न नसकेपछि, बादल उनलाई बोलाउन गएका थिए र अचेत अवस्थामा फेला पारेका थिए। घटनास्थलमा प्रहरी पुगेपछि निरजको शव भेटिएको थियो।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...