News Portal

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीबजार नजिक आज बिहान मोटरसाइकल दुर्घटना भई एक जनाको मृत्यु भएको छ।

संगीता गुरुङ
२५० पटक

मकवानपुर, फाल्गुन २८ – मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीबजार नजिक बुधबार बिहान एक दुखद सडक दुर्घटना भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक ३३ वर्षीय रुपक दियालीलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लैजाने प्रयास गरिएको थियो। तर, बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...