News Portal

सेयर बजार सातौं दिन पनि घट्यो, विकास बैंकमा सुधारको संकेत

सेयर बजारमा मंगलवार लगातार सातौं दिन पनि गिरावट देखिएको छ।

हिमालीसंचार संवाददाता
१८४ पटक

काठमाडौं, फागुन २७ – सेयर बजारमा आज लगातार सातौं दिन पनि गिरावट देखिएको छ। नेप्से परिसूचक २७१९ अंकमा झरेको छ, जसले अघिल्लो दिनको तुलनामा ३२.२१ अंकको कमी जनाउँछ। यससँगै बजारमा गिरावटको क्रम जारी रह्यो।

तर, कारोबार रकममा सामान्य वृद्धि भएको देखिएको छ। अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भए पनि मंगलबार ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ।

संपूर्ण बजारमा ३२ कम्पनीको मूल्य वृद्धि हुँदा २०९ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। सबै क्षेत्र घटेका छन्, तर विकास बैंक समूहमा भने १.९३ प्रतिशतको वृद्धि देखिएको छ, जसले सकारात्मक संकेत दिएको छ।

बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन र निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स लगायतका सबै क्षेत्र गिरावटमा परेका छन्।

बैंकिङ – ०.७१%

फाइनान्स – १.५७%

होटल तथा पर्यटन – १.१३%

हाइड्रोपावर – १.५१%

लगानी – १.८९%

जीवन बीमा – १.३०%

उत्पादन – २.४९%

माइक्रोफाइनान्स – ०.८९%

निर्जीवन बीमा – ०.९९%

अन्य – १.६८%

व्यापार – १.७९%

यस दिन महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ, भने विन नेपाल लघुवित्त ८.८%, ज्योति विकास बैंक ३.३५%, र सप्तकोशी विकास बैंक ३.११% ले बढेको छ।

यसैगरी, नेस्डो समृद्धि लघुवित्त ६.६९%, उन्नति सहकार्य लघुवित्त ५.३६%, हिमालयन पावर पार्टनर ४.७२%, र राप्ती हाइड्रो ४.६८% ले गिरावट देखाएका छन्।

सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।

यो बजारको गिरावटले लगानीकर्तामा अनिश्चितता बढाइरह्यो छ, तर विकास बैंक समूहमा देखिएको सुधारले भविष्यका लागि केही आशा बढाएको छ।

 

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...