News Portal

लोकतन्त्रको नाउँमा लुटतन्त्र? प्रमुख सल्लाहकारलाई प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई लोकतन्त्रको सही अभ्यासबारे प्रश्न उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्।

संगीता गुरुङ
३०३ पटक

फाल्गुन २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई लोकतन्त्रको सही अभ्यासबारे प्रश्न उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो टिप्पणीमा उनले भनेका छन्, “आदरणीय भनौं भने कसरी भनौं, तपाईंका शब्द सुन्दा ‘आदरणीय’ भन्ने शब्द नै बेकार भएछ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुइयाँ दिन बन्द गर्नुहोस्।”

शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता औंल्याउँदै थपे, “प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताले चुनेका हुन्? महामहिम राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुन्? यदि होइन भने, लोकतन्त्रको नाममा अलोकतान्त्रिक अभ्यास किन?”

लोकतन्त्रलाई सीमित व्यक्तिहरूले लुटतन्त्रका रूपमा प्रयोग गरिरहेको आरोप लगाउँदै उनले सरकारलाई खुला चुनौती दिए। उनले भने, “यदि दम र हिम्मत छ भने, प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउनुस्। अनि तपाईं स्वयं (विष्णु रिमाल) वडा अध्यक्षको चुनाव लड्न तयार हुनुस्।”

शाहीको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...