News Portal

  • पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा सांसद शाहीको गम्भीर आरोप

    पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा सांसद शाहीको गम्भीर आरोप लगाएका छन्।

    संगीता गुरुङ
    १६४ पटक

    फाल्गुन २६, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएपछि राजनीतिक बहस चुलिएको छ। यस विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्।

    सांसद शाहीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको तस्बिर राख्न लगाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, “नेपाली राष्ट्रिय झन्डासहितको स्वागत समारोहलाई प्रभावित पार्ने नियतले यस्तो कृत्य गरिएको छ।”

    पूर्वराजाको स्वागत कार्यक्रममा भारतीय नेताको तस्बिर देखिएपछि सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म आलोचना भइरहेको छ। केहीले यसलाई सुनियोजित रुपमा गराइएको कृत्य बताएका छन्, भने केहीले नेपाली राष्ट्रियता प्रति खेलवाड भएको टिप्पणी गरेका छन्।

    सांसद शाहीले विदेशको प्रभावमा रहेर पार्टी सञ्चालन गर्नेहरूमाथि पनि प्रश्न उठाउँदै “मार्क्स, लेनिन, माओ कुन देशका हुन्?” भनेर व्यंग्य गरेका छन्।

    विमानस्थलनजिक आयोजित कार्यक्रममा आदित्यनाथको तस्बिर कसरी र किन प्रयोग गरियो भन्ने विषयमा अहिलेसम्म सरकारी निकायबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...