News Portal

रंगेलीमा परोपकार समाज द्वारा फगुवा कार्यक्रम

अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ।

रबिन्द्र बराल
८४३ पटक

फाल्गुन २५, विराटनगर – अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ। रंगेली–७ स्थित काली मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा” कार्यक्रम गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी शंकर साह, वरिष्ठ अतिथि रंगेलीका पूर्व प्रधानाध्यापक सुरेश मिश्रा, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पन्नालाल मण्डल, उर्मिला मण्डल, कार्यक्रम संस्थाकी अध्यक्ष बसुन्धरा झा, मैथिली अभियानका देवता रानी दत्त, कृति कला कर्ण, सनोज साह, ममता ठाकुर, लक्ष्मी ऋषिदेव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मिथिला क्षेत्रमा विशेष योगदान पुर्याउने ५५ जना व्यक्तिहरूलाई मिथिला पेन्टिङद्वारा सम्मान गर्नुका साथै एभिन्युज टेलिभिजनका मोरङ संवाददाता रबिन्द्र बराललाई पनि सम्मान गरिएको थियो।

यसै अवसरमा बालकलाकारहरूले मैथिली गीतमा नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन समेत गराएका थिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...