News Portal

पर्वतमा बोलेरो जीप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा भएको बोलेरो जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्।

संगीता गुरुङ
१६५ पटक

फाल्गुन २१, पर्वत – पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा भएको बोलेरो जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको छ।

गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङतर्फ जान लागेको लु१ज ४४६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए।

उक्त दुर्घटनामा ६ जना घाइते भएका छन्, जसलाई थप उपचारका लागि पाल्पा पठाइएको छ। जीपमा सवार एक बालकको अवस्था सामान्य रहेको छ। डिएसपी विष्टका अनुसार, घटनास्थलमा २ जनाको मृत्यु भएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रहरीले घटनास्थलमा उद्धार र अनुसन्धान कार्य गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...