News Portal

रिंकुकुमारी सदाय मृत्यु प्रकरण : मुख्य आरोपी प्रहरी नियन्त्रणमा

रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्।

संगीता गुरुङ
२८१ पटक

फाल्गुन २१, सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीका अनुसार रुपेश मण्डललाई नियन्त्रणमा लिइएको छ।

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितका अनुसार घटनामा संलग्न मण्डललाई अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।

गत ३० माघमा रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। तर, त्यसको तीन दिनअघि, २७ माघ राति शौच गर्न बाहिर निस्केकी उनी करिब ६ घण्टासम्म बेपत्ता भएकी थिइन्। बिहानको ३ बजे मात्र उनी घर फर्किएकी थिइन्, जहाँ परिवारजनले उनलाई अत्यन्त तनावग्रस्त र रुँदै गरेको अवस्थामा फेला पारेका थिए।

परिवारका अनुसार, घर फर्किएपछि उनले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन्। दलित समुदायकी रिंकुको घटनापछि गाउँमै छलफलसमेत गरिएको थियो। तर, ३० माघको साँझ ७:२० बजे उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन्।

घटनालाई सामसुम पार्ने प्रयास भएको भन्दै परिवारजनले न्यायको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...