News Portal

मकवानपुरमा नवजात शिशुको शव फेला

मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला परेको छ।

संगीता गुरुङ
१७८ पटक

मकवानपुर, २१ फागुन – मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला परेको छ।

मंगलबार अपराह्न साढे ५ बजे शिशुको शव फेला परेको सूचना पाएपछि प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार सालनालसहित भेटिएको नवजात शिशु (छोरी)को शव कसले फालेको भन्ने खुल्न सकेको छैन।

प्रारम्भिक अनुसन्धानका आधारमा शिशुलाई करिब दुई दिनअघि जन्माएर डम्पिङसाइटमा फालिएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...