News Portal

हुलाकी सडक विराटनगर, रंगेली हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालन

हुलाकी राजमार्गको बहुप्रतीक्षित रतुवा पुल निर्माणकार्य सम्पन्न भइसकेपछि विराटनगर (हाटखोला), रंगेली, डाइनिया, आमबारी हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालनमा आएको छ।

रबिन्द्र बराल
२७५ पटक

फाल्गुन २०, विराटनगर – हुलाकी राजमार्गको बहुप्रतीक्षित रतुवा पुल निर्माणकार्य सम्पन्न भइसकेपछि विराटनगर (हाटखोला), रंगेली, डाइनिया, आमबारी हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालनमा आएको छ। विराटनगरदेखि गौरीगञ्जसम्म दैनिक ३०/३० मिनेटको अन्तरमा १५ वटा सार्वजनिक यातायात नियमित रूपमा खजरगाछीसम्म जान थालेका छन्।

हुलाकी सडक हुँदै विराटनगरदेखि गौरीगञ्जसम्म यातायात सञ्चालन हुन थालेपछि सर्वसाधारणले ४५ किलोमिटर छोटो दूरीबाट यात्रा गर्न सहज भएको यात्रुहरूले बताएका छन्। रतुवा पुल नहुँदा गौरीगञ्ज जान स्थानीयहरूलाई ईटहरी, उर्लाबारी, दमक, गौरादह हुँदै ८५ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयहरूले बताएका छन्।

रंगेली बसपार्कका सञ्चालक भुवन रायका अनुसार, विराटनगरबाट पहिलो बस बिहान ६:३० बजे छुट्नेछ भने अन्तिम बस बेलुकी ५:०० बजे छुट्नेछ। त्यस्तै, गौरीगञ्जबाट विराटनगरका लागि पहिलो बस बिहान ५:५० बजे छुट्नेछ भने अन्तिम बस बेलुकी ४:१५ बजे छुट्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...