News Portal

लागुऔषध ओसारपसारमा संलग्न दुई जना प्रहरी नियन्त्रणमा

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२५३ पटक

फाल्गुन २०, बर्दिया – प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गर्दा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीय रामबहादुर नेपाली र २१ वर्षीय रामचन्द्र थापा रहेका छन्। सोमबार दिउँसो बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोस्ट नजिक गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेपछि उनीहरूलाई रोकी खानतलासी गर्दा मोटरसाइकलको हेलमेटभित्र लुकाएर राखिएको ५.७९ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो।

बर्दिया प्रहरीका प्रवक्ता डीएसपी ऋषिराम घर्ती मगरका अनुसार लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

घटनापछि जिल्ला अदालत बर्दियाले थप अनुसन्धानका लागि उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...