News Portal

सिन्धुलीमा श्रीमानले श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

संगीता गुरुङ
२८६ पटक

सिन्धुली, फागुन १९ – सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित १७ वर्षीया अनिसा सदा हत्याका शिकार बनिन्। उनको हत्या आरोपमा २२ वर्षीय श्रीमान दिनेश सदा पक्राउ परेका छन्।

प्रहरीका अनुसार, गएराति घरको भान्सामा दिनेशले अनिसाको घाँटी थिचेर उनको हत्या गरेको स्वीकार गरेका छन्। घटना पत्ता लागेपछि प्रहरीको एक संयुक्त टोली घटनास्थलमा पुगेर दिनेशलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा हत्या आपसी मनमुटावको कारण भएको देखिएको छ। दिनेशलाई अहिले इलाका प्रहरी कार्यालय डकाहामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

दूधौली नगरपालिका–९ लालपुरकी अनिसासँग १० महिना अघि प्रेम विवाह गरेका थिए। शवलाई पोष्टमर्टमका लागि स्थानीय नगर अस्पताल सिर्थौलीमा पठाइएको छ।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...