News Portal

पाल्पामा कुटपिटबाट हत्या, बुवा र दिदी पक्राउ

पाल्पामा घरायसी विवादका कारण कुटपिट गरी एक व्यक्तिको हत्या गरेको आरोपमा बुवा र दिदीलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२१७ पटक

पाल्पा, फागुन १९ – पाल्पामा घरायसी विवादका कारण कुटपिट गरी एक व्यक्तिको हत्या गरेको आरोपमा बुवा र दिदीलाई प्रहरीले पक्राउ गरेको छ।

बगनासपाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको निधन भएको हो। घटनाका बारेमा प्राप्त जानकारीअनुसार, कुमाललाई अचानक बेहोस भएपछि उनकी श्रीमतीले उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पतालमा लगेको बताइएको छ। चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीले अनुसन्धान गर्दा कुमालका ६३ वर्षीय बुवा शेरबहादुर कुमाल र ४५ वर्षीया दिदी देवी कुमालको नाम संलग्न रहेको पत्ता लागेको हो। घरायसी विवादको क्रममा कुटपिट गर्दा कुमालको ज्यान गएको अनुसन्धानबाट खुल्न आएको हो।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...