News Portal

अर्घाखाँचीमा अपाङ्गता भएका महिलामाथि यौन दुव्र्यवहार, एक जना पक्राउ

अपाङ्गता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३१८ पटक

अर्घाखाँची, फागुन १९ – अपाङ्गता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा अर्घाखाँची प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याललाई सन्धिखर्क नगरपालिका-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

पीडित महिला ‘क’ श्रेणीको अपाङ्गता भएकी हुन् र बस्यालको घरमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। प्रहरीका अनुसार, बस्यालले एक वर्षअघि मौका छोपेर जबरजस्ती करणी गरेका थिए।

घटना बाहिरिएपछि पीडित महिलाले उजुरी दिएर न्यायको माग गरेकी थिइन्। अनुसन्धानका क्रममा तीन महिनाअघि उनले एक छोरा जन्माएको तथ्य बाहिर आएको छ।

प्रहरीले बस्याललाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...