News Portal

अटो रिक्सा तालिम उद्घाटन कार्यक्रम सम्पन्न

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा १६ कार्यदिनको अटो रिक्सा चालक तालिम प्रथम समूहको समुद्घाटन बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

युवा राई
२९६ पटक

फाल्गुन १९, हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा १६ कार्यदिनको अटो रिक्सा चालक तालिम प्रथम समूहको समुद्घाटन बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

यस तालिमको उद्देश्य प्रहरी सेवाबाट अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारी, सेवावधि ६ महिना बाँकी रहेका बहालवाला प्रहरी कर्मचारीहरू, तथा कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त अमर प्रहरी परिवारका सदस्यहरूलाई जीवन निर्वाहमुखी ज्ञान र सीप प्रदान गरी उद्यमशीलतामा सहभागी गराउनु हो। यसका माध्यमबाट उनीहरूलाई स्वरोजगार, स्वावलम्बी, तथा आत्मनिर्भर बनाउन प्रेरित गर्नुका साथै आर्थिक रूपमा सम्पन्न बनाई समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ।

बागमती प्रदेशबाट प्रारम्भ भएको “नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारी/ अमर प्रहरी परिवार तथा बहालवाला प्रहरी कर्मचारी स्वावलम्बी कार्ययोजना-२०८१” अन्तर्गत १५ जना पूर्व प्रहरी कर्मचारी र ११ जना बहालवाला प्रहरी कर्मचारी गरी जम्मा २६ जनालाई १६ दिनको अटो रिक्सा चालक तालिम प्रदान गर्न लागिएको हो।

“आजको प्रहरी, भोलिको पूर्व प्रहरी, देश र जनताको सच्चा पहरेदार” भन्ने भावनालाई आत्मसात गर्दै, लामो समयसम्म जनसेवामा समर्पित प्रहरी कर्मचारीहरूको अनुभव, त्याग, तथा समर्पणलाई समाजमा आत्मनिर्भर रूपमा कायम राख्दै व्यक्तिगत र पारिवारिक आर्थिक समृद्धि, साथै सामाजिक जीवनमा सक्रियता कायम गर्ने लक्ष्यसहित यो कार्ययोजना प्रारम्भ गरिएको हो।

सुरक्षित सडक अवधारणालाई ध्यानमा राख्दै, तालिम प्राप्त पूर्व प्रहरीहरूलाई सडक नियम, सुरक्षित सवारी सञ्चालन, तथा आधारभूत मर्मतसम्भार सम्बन्धी ज्ञान प्रदान गरिनेछ। साथै, प्रक्रिया पूरा गरी सवारी चालक अनुमति पत्र प्राप्त गराउने व्यवस्था मिलाइनेछ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकमा पेन्सन पट्टा धितो राखी, किस्ताबन्दीमा टेम्पो खरिद गर्ने व्यवस्था गर्नका लागि बागमती प्रदेश प्रहरी कार्यालयले समन्वय तथा सहजीकरण गर्नेछ।

कार्यक्रममा उपस्थित महानुभावहरू:

  • मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठज्यू
  • बागमती प्रदेश राष्ट्रिय अनुसन्धान कार्यालय हेटौंडाका अनुसन्धान निर्देशक संजय कुमार यादव
  • बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापा
  • नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका अध्यक्षज्यू
  • वरिष्ठ प्रहरी अधिकृतहरू
  • पत्रकार तथा सञ्चारकर्मीहरू
  • पूर्व प्रहरी कर्मचारीहरू
  • सरकारी तथा गैह्र-सरकारी निकायका पदाधिकारीहरू
  • अन्य प्रहरी कर्मचारीहरू
प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...