News Portal

७१ दिनपछि खुल्यो प्रेम र प्रतिशोधमा लुकेको हत्या रहस्य

वैदेशिक रोजगारीका लागि कतार गएका ३३ वर्षीय शहिद अन्सारीको हत्या प्रकरण ७१ दिनपछि रहस्य खुलेको छ।

संगीता गुरुङ
४४९ पटक

फाल्गुन १६, धनुषा – कमला नगरपालिका-६ का ३३ वर्षीय शहिद अन्सारीको हत्या प्रकरण ७१ दिनपछि रहस्य खुलेको छ। वैदेशिक रोजगारीका लागि कतार गएका शहिदको हत्या उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले योजनाबद्ध रूपमा गरेको प्रहरीले पुष्टि गरेको छ।

शहिदकी श्रीमती अजिमा खातुन श्रीमानसँग दुई महिनाभन्दा बढी समयसम्म सम्पर्क हुन नसकेको कारण चिन्तित थिइन्। प्रायः मेसेन्जरमार्फत कुरा गर्ने शहिद मंसिरको अन्त्यदेखि सम्पर्कविहीन थिए। फागुन १० गते फेसबुकमा देखिएको एउटा स्केचले अजिमालाई झस्कायो। शवको चित्र उनका श्रीमानसँग मिल्दोजुल्दो देखिएकोले उनी प्रहरी कार्यालय पुगिन्। अनुसन्धान अघि बढ्दै जाँदा शव शहिदकै भएको पुष्टि भयो।

प्रहरी अनुसन्धानले यो हत्या योजनाबद्ध रूपमा गरिएको देखाएको छ। शहिदको धनुषाकी २६ वर्षीया अनिता कुमारी यादवसँग प्रेम सम्बन्ध थियो, जुन उनकी श्रीमती अजिमालाई समेत थाहा थियो। अनिताका श्रीमान राजकिशोर वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। श्रीमती र शहिदबीचको सम्बन्धबारे जानकारी पाएपछि उनी मंसिर १५ मा नेपाल फर्किए। त्यसपछि श्रीमतीसँग मिलेर प्रतिशोधको योजना बनाए।

अनिताले शहिदलाई बारम्बार फोन गरी बिरामी परेको बहाना बनाएर नेपाल बोलाइन्। मंसिर २६ गते काठमाडौं आएका शहिद सिधै अनिताको घर पुगे। त्यहाँ पुग्नेबित्तिकै ढोका बन्द गरियो। राजकिशोरले शहिदलाई बाँधेर रातभर कुटपिट गरे। उनले आफ्नी श्रीमती अनितालाई लिएर जान भने तर शहिदले अस्वीकार गरे। त्यसपछि बिहान बञ्चरो प्रहार गरी उनको हत्या गरियो। शव प्लास्टिकमा बेरेर केही दिन घरमै राखियो।

पुस ४ गते धनुषाको खैरो खोलाको पुलमुनि स्थानीयले गन्हाएको शव फेला पारेर प्रहरीलाई खबर गरे। शव बोरामा बेरिएको थियो, खुट्टा बाहिर निस्किएको थियो, अनुहार पूर्णरूपमा क्षतविक्षत थियो। हत्यापछि राजकिशोर पुनः साउदी फर्किए। अनितालाई फागुन १५ गते पक्राउ गरेपछि हत्याको सबै रहस्य खुलेको हो।

प्रहरी अनुसन्धानअनुसार, शव व्यवस्थापनमा अन्य व्यक्तिहरूको संलग्नता हुनसक्ने भएकाले अनुसन्धान जारी छ। मुख्य आरोपी राजकिशोर ३२ दिनअघि साउदी फर्किसकेका छन्। उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड कर्नर नोटिस जारी गर्ने तयारी भइरहेको छ।

७१ दिनसम्म अज्ञात रहस्यमा रहेको यो हत्याकाण्डको पर्दाफाससँगै गाउँ स्तब्ध बनेको छ। घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूलाई पनि निगरानीमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...