News Portal

रतुवामाईमा खेल मैदानकाे नाममा लाखौं रुपैयाँ दुरुपयोग

रतुवामाईमा खेल मैदानको नाममा लाखौं रुपैयाँ दुरुपयोग गरिएको छ।

रबिन्द्र बराल
१७१ पटक

फाल्गुन १६, मोरेङ – रतुवामाई नगरपालिका ४ स्थित कटराज थानमा नगरपालिकाले खेल मैदान निर्माण कार्यका लागि ८ बिधा जग्गामा घेराबेरा गर्ने योजना ल्याएपछि स्थानीयहरूले खेल मैदान बन्ने हो भन्दै खुशी भएका थिए। उक्त स्थानमा प्रदेश सरकारले घेरावेराका लागि आमबारी खेल मैदान स्तर उन्नतिको लागि समिति गठन गरेर ७६/७७ सालमा १५ लाख रुपैयाँ रकम छुट्याएर काम सुरु गरेको थियो। उक्त कामको लागि आमबारी खेल मैदान स्तर उन्नति उपभोक्ता समितिले निर्माण कार्य सुरु समेत गरेको थियो।

घेराबेरामा ११ लाख २० हजार ९७ रुपैयाँ खर्च भएको नगरपालिकाका लेखा अधिकृत र सूचना अधिकृत निता सिग्देलले बताइन्। सो भन्दा अगाडि समेत उक्त स्थानमा नगरपालिकाले १० लाख रुपैयाँ बराबरको बजेट निकासा गरेर काम भएको नगरपालिका नासु कृष्णप्रसाद ढकालले बताए।

खेल मैदानमा लगाइएका वालहरू समेत भत्किन थालेका छन् र इट्टाहरू पनि कमसल प्रयोग गरेपछि अहिले केही ठाउँमा इट्टा निस्कने र फुट्ने, र ढोकाहरू समेत सबै झरिसकेका छन्, महाराज थानका पुजारी डुमलाला गनगाईले बताए।

बुढापाका अनुसार, धेरै वर्ष अगाडि महाराज स्थानको नाममा १७ बिधा जग्गा रहेको भएता पनि पछिल्लो समयमा टाठा बुढाहरूले मन्दिरको जग्गा ३ देखि ४ बिधा व्यक्तिका नाममा पास गरेर भोगचलन समेत गर्दै आएका छन्, स्थानीय वृद्ध डोमनलाल सिङले बताए।

केही वर्ष अगाडि सोही गाउँका केही व्यक्तिहरूले खेतीपाती गरेर आफ्नो जीवन यापन गर्दै आएका थिए र आफ्नो परिवार समेत पालनपोषण गर्दै आएका थिए, तर स्थानीयहरूले उक्त जग्गामा अरुलाई खेती गर्न नदिएर रंगशाला निर्माणको अवधारणा ल्याएपछि उक्त स्थानको ७ बिधा जग्गामा वाल लगाएर छाडिदिएपछि अहिले उक्त स्थानको संकुचन हुन सकेको स्थानीय अरुण गिरिले बताए।

प्रदेश सरकारको बजेटमा उन्नत स्तरका लागि छुट्याइएको बजेट अहिले बालुवामा पनि हालिएको जस्तो देखिन्छ। अहिले उक्त वालहरू समेत भत्किन थालेका छन् र गेटहरू समेत लडेर बेवारिसे अवस्थामा रहेका छन्। उक्त स्थानको जग्गा के कति रहेको र हालसम्म कति बजेटको काम भएको विषयमा सम्बन्धित निकायहरूले समयमै ध्यान दिनुपर्ने देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...