News Portal

बर्दियामा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्।

संगीता गुरुङ
१६४ पटक

फाल्गुन १५, बर्दिया – बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही ठाउँका ३९ वर्षीय राम बहादुर बुढाथोकीसहित अन्य ६ जना रहेका छन्।

प्रहरीले घटनास्थलबाट १ लाख ८४ हजार रुपैयाँ नगद, ७ थान मोबाइल र ३ बुक तास बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...