News Portal

दैलेखका एवी शाही साउदीमा अलपत्र, साउदी पठाउने एजेन्ट हरि शर्मा सम्पर्क बिहिन !

हिमाली संचार संवाददाता
२७९४ पटक

प्रबिन शाही
नोभेम्बर २३, २०१८ : साउदि अरबको नेसनल रेकुमेन्ट कम्पनीमा कार्यरत थुप्रै नेपाली कामदारहरुलाई अलपत्र अबस्थामा पारीएको छ।

काठमाडौंको डेस्टिनी प्लेसमेन्ट सर्बिस मेनपावरबाट १६ महिना अगाडि दैलेखको ठाटिकाँध गाउँपालिका विशालाका हरि शर्माले ठाटिकाँध गाउपालिका – ३ का अमर शाही(एवि) लाई उक्त कम्पनीमा बाह्र सय साउदी रियल तलब भनेर पठाएका थिए तर कम्पनीले एक हजार साउदी रियल दिएता पनि समय तलब नदिने गरेको गुनासो गर्छन।

घरमा आमा सिकिस्तै बिरामी पर्नु भएकोले घर फर्किन पाउ भन्दा कम्पनीले बेवास्ता गरेको छ नै उता नेपालबाट साउदी पठाउने एजेन्ट हरि शर्मालाई बारम्बार अनुरोध गर्दा उल्टै फेसबुक म्यासेन्जर देखि नै बल्क गरेर पन्छिन खोजेको उनको दुखेसो छ। उनकाे अामा अहिले घरमा अन्तिम अबस्थामा हुदा उनि दिन रात रुदै तडपिरहेका छन ।

मेनपावर कम्पनिले निकै समस्या दियाे भन्दै उनि अहिले साउदिमा यतिवेला बिरामी अामाकाे अन्तिम बाेलिकाे शब्द सुन्न पाउ भन्दै भावबिह्वल बनेका छन ।

एजेन्ट हरि शर्मा।

घरमा आमा बिरामी भएकोले आफैले टिकट काटेर फर्किन चाहान्छु भन्दा हरि शर्माले अहिले फर्किन नमिल्ने जवाफ दिदै पन्छिने गरेको बताए।

यता दिनभर काम गरेर आउदा बेलुका खाना समेत खाना नपाएको कति दिन त भोकभोकै सुत्नु पर्‍यो उनले भने। दूतावास जाउ त कसरी जाउ बस्ने क्याम्प बाट बाहिर निस्कनै दिदैन। यदि दूतावास गएमा कुटपिट गर्ने धम्की कम्पनीका मालिकले दिने गरेको बताए। बस्ने ब्यबस्थापन पनि राम्रो नभएको कोठामा खचाखच भएर सुत्नुपर्ने भन्दै दुखेसो पोखे।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...