News Portal

कालीमाटीमा बिक्री भएको काउलीमा अत्यधिक विषादी फेला

कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ।

संगीता गुरुङ
१९५ पटक

काठमाडौँ, फागुन १३ – कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। धादिङबाट ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ।

मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटीस्थित १८ वटा पसलबाट विभिन्न तरकारीको नमुना परीक्षण गरेको थियो। सो क्रममा पसल नम्बर ६१३ मा व्यवसायी प्रेम खड्कीले बिक्रीका लागि राखेको काउली अत्यधिक विषादीयुक्त फेला परेपछि उपभोग अयोग्य घोषित गरिएको छ।

हाल बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ। विशेषज्ञहरूका अनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान सकिने, तर ४५ प्रतिशतभन्दा बढी भए मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

कृषि तथा खाद्य सुरक्षासम्बन्धी निकायहरूले उपभोक्ताहरूलाई सतर्क रहन आग्रह गर्दै विषादी नियन्त्रणमा कडाइ गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...