News Portal

रिंकुकुमारी सदाय मृत्यु प्रकरणः तीन जनामाथि अनुसन्धानका लागि म्याद थप

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा तीन जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले पाँच दिनको म्याद दिएको छ।

संगीता गुरुङ
२०८ पटक

सिराहा, फागुन १३ – सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा तीन जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले पाँच दिनको म्याद दिएको छ।

यसअघि, प्रहरीले घटनाबारे सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये चार जनालाई थुनामा राखिएकोमा एक जनामाथि संलग्नता पुष्टि नभएपछि तीन जनालाई मात्र अनुसन्धान अघि बढाइएको सिराहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए। म्याद थप गरिएका व्यक्तिहरूमा चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दास रहेका छन्।

घटनाको गम्भीरताका कारण मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको छ। रिंकुकुमारीका परिवारले फागुन ८ गते इलाका प्रहरी कार्यालय, लहानमा सामूहिक जबरजस्ती करणी, कर्तव्य ज्यान, शरीर बन्धक, र लेनदेनसम्बन्धी चारवटा मुद्दामा पूरक जाहेरी दिएका थिए। यसअघि, फागुन १ गते आत्महत्या दुरुत्साहनको मात्र जाहेरी दर्ता गरिएको थियो।

घटनाको विवरण अनुसार, माघ २७ गते राति शौचालय जान भनेर निस्केकी रिंकु कुमारी २८ गते बिहान ३ बजेमात्र घर फर्किएकी थिइन्। उक्त घटनापछि गाउँमा २९ र ३० गते पञ्चायत बसेर मेलमिलाप प्रयास गरिएको थियो। तर, विवाद कायमै रहेको अवस्थामा माघ ३० गते साँझ उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

यस घटनाबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको र दोषी ठहरिए कडा कानुनी कारबाही गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी एकता र सहकार्यको वार्ता...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...