News Portal

इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर विवेक जोशी पक्राउ

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउँदै सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्।

संगीता गुरुङ
२८७ पटक

फाल्गुन १३, काठमाडौँ – सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउँदै सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त शर्माका अनुसार आत्महत्या दुरुत्साहनको आरोपमा जोशीलाई नियन्त्रणमा लिइएको हो।

गत केही दिनअघि पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयको ब्यारेकमै महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। परिवारले घटनालाई शंकास्पद ठहर गर्दै इन्स्पेक्टर जोशीविरुद्ध किटानी जाहेरी दिएका थिए।

यस घटनाको गहिरो अनुसन्धान गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको छ।

सिन्धुपाल्चोककी महत १७ औं बेसिक तालिम (२०८१ ब्याच) अन्तर्गत प्रशिक्षणरत थिइन्। उनले २०७२ सालमा सशस्त्र प्रहरीमा सिपाहीका रूपमा भर्ना भई, २०७८ मा असईमा पदोन्नति पाइन् र हालै इन्स्पेक्टर बनेर तालिम लिइरहेकी थिइन्।

पक्राउ परेका इन्स्पेक्टर विवेक जोशी २३ नम्बर गण तनहुँमा कार्यरत छन्। उनी १६ औं बेसिक ब्याचका अफिसर हुन्। महतसँग प्रेम सम्बन्ध रहेको र सोही कारण घटनामा संलग्न रहेको आरोप लगाउँदै परिवारले जोशीविरुद्ध उजुरी दिएका छन्।

यस प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरी प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...