News Portal

  • इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर विवेक जोशी पक्राउ

    सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउँदै सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्।

    संगीता गुरुङ
    २२७ पटक

    फाल्गुन १३, काठमाडौँ – सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउँदै सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त शर्माका अनुसार आत्महत्या दुरुत्साहनको आरोपमा जोशीलाई नियन्त्रणमा लिइएको हो।

    गत केही दिनअघि पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयको ब्यारेकमै महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। परिवारले घटनालाई शंकास्पद ठहर गर्दै इन्स्पेक्टर जोशीविरुद्ध किटानी जाहेरी दिएका थिए।

    यस घटनाको गहिरो अनुसन्धान गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको छ।

    सिन्धुपाल्चोककी महत १७ औं बेसिक तालिम (२०८१ ब्याच) अन्तर्गत प्रशिक्षणरत थिइन्। उनले २०७२ सालमा सशस्त्र प्रहरीमा सिपाहीका रूपमा भर्ना भई, २०७८ मा असईमा पदोन्नति पाइन् र हालै इन्स्पेक्टर बनेर तालिम लिइरहेकी थिइन्।

    पक्राउ परेका इन्स्पेक्टर विवेक जोशी २३ नम्बर गण तनहुँमा कार्यरत छन्। उनी १६ औं बेसिक ब्याचका अफिसर हुन्। महतसँग प्रेम सम्बन्ध रहेको र सोही कारण घटनामा संलग्न रहेको आरोप लगाउँदै परिवारले जोशीविरुद्ध उजुरी दिएका छन्।

    यस प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरी प्रशासनले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...