News Portal

  • सशस्त्र प्रहरीकी इन्स्पेक्टरको रहस्यमय मृत्यु : परिवारद्वारा आत्महत्या दुरुत्साहनको जाहेरी

    महतको परिवारले एक जना इन्स्पेक्टरलाई आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै कास्की प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ।

    संगीता गुरुङ
    १८३ पटक

    १२ फागुन, काठमाडौं – पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा मृत फेला परेकी इन्स्पेक्टर सन्तोषी महतको घटनाले नयाँ मोड लिएको छ। महतको परिवारले एक जना इन्स्पेक्टरलाई आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै कास्की प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार जाहेरी प्राप्त भइसकेको छ र अब कानुनी प्रक्रिया अघि बढाइँदैछ। प्रहरीले दर्ता प्रक्रियापछि आवश्यक अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिरहेको छ।

    पारिवारिक स्रोतका अनुसार महत र सशस्त्र प्रहरीकै १६ बेसिकका एक इन्स्पेक्टरबीच प्रेम सम्बन्ध थियो। तर, पछिल्लो समय दुबैबीच विवाद बढ्दै गएपछि महत तनावमा थिइन्। परिवारले यही कारणले आत्महत्या गर्न बाध्य भएको दाबी गरेको छ।

    यसैबीच, सशस्त्र प्रहरी बलले पनि घटनाको विस्तृत अनुसन्धानका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। सिंह राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातिर्थमा कार्यरत डीआईजी हुन्।

    सिन्धुपाल्चोककी स्थायी बासिन्दा महत १७ बेसिक ब्याच (२०८१) की इन्स्पेक्टर थिइन्। २०७२ सालमा सशस्त्र प्रहरी सेवामा सिपाहीका रूपमा प्रवेश गरेकी उनले २०७८ मा असई पदमा बढुवा पाइन्। २०८१ मा इन्स्पेक्टरको तालिमका लागि छनोट भएर पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा प्रशिक्षणरत थिइन्।

    गत केही दिनयता तनावमा रहेको भनिएकी महत महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मृत्यु आत्महत्या हो वा अरु कुनै कारणले भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...

    माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

    काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा...

    ताप्लेजुङमा पहिरोले कटुवाल परिवारको घर पुरिँदा चार जना घाइते

    ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका...

    गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा ग्राभेलसम्म नहुँदा स्थानीय जनता सास्तीमा

    हरि बानियाँ/ धादिङ, असार १८— बर्खा लागेपछि कच्ची सडकहरू, विशेषगरी पहाडी र ग्रामीण क्षेत्रमा, जहाँ...

    आज २०८२ साल असार १८ गतेको राशिफल

    आज असार १८, २०८२ (जुलाई २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...