News Portal

सशस्त्र प्रहरीकी इन्स्पेक्टरको रहस्यमय मृत्यु : परिवारद्वारा आत्महत्या दुरुत्साहनको जाहेरी

महतको परिवारले एक जना इन्स्पेक्टरलाई आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै कास्की प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ।

संगीता गुरुङ
३४८ पटक

१२ फागुन, काठमाडौं – पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा मृत फेला परेकी इन्स्पेक्टर सन्तोषी महतको घटनाले नयाँ मोड लिएको छ। महतको परिवारले एक जना इन्स्पेक्टरलाई आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै कास्की प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार जाहेरी प्राप्त भइसकेको छ र अब कानुनी प्रक्रिया अघि बढाइँदैछ। प्रहरीले दर्ता प्रक्रियापछि आवश्यक अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिरहेको छ।

पारिवारिक स्रोतका अनुसार महत र सशस्त्र प्रहरीकै १६ बेसिकका एक इन्स्पेक्टरबीच प्रेम सम्बन्ध थियो। तर, पछिल्लो समय दुबैबीच विवाद बढ्दै गएपछि महत तनावमा थिइन्। परिवारले यही कारणले आत्महत्या गर्न बाध्य भएको दाबी गरेको छ।

यसैबीच, सशस्त्र प्रहरी बलले पनि घटनाको विस्तृत अनुसन्धानका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। सिंह राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातिर्थमा कार्यरत डीआईजी हुन्।

सिन्धुपाल्चोककी स्थायी बासिन्दा महत १७ बेसिक ब्याच (२०८१) की इन्स्पेक्टर थिइन्। २०७२ सालमा सशस्त्र प्रहरी सेवामा सिपाहीका रूपमा प्रवेश गरेकी उनले २०७८ मा असई पदमा बढुवा पाइन्। २०८१ मा इन्स्पेक्टरको तालिमका लागि छनोट भएर पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा प्रशिक्षणरत थिइन्।

गत केही दिनयता तनावमा रहेको भनिएकी महत महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मृत्यु आत्महत्या हो वा अरु कुनै कारणले भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...