News Portal

  • नागार्जुनमा घाइते कुकुरलाई क्रुर हत्या, स्थानीयको अमानवीय व्यवहार उजागर

    गत शुक्रबार, सडकमा घाइते अवस्थामा छटपटाइरहेको एक कुकुरलाई स्थानीयहरूले अमानवीय ढंगले हत्या गरेका छन्।

    संगीता गुरुङ
    १०५ पटक

    फाल्गुन ११, काठमाडौँ – नागार्जुन नगरपालिका-६ मा एक दर्दनाक घटना सार्वजनिक भएको छ, जसले मानव क्रुरताको हद पार गरेको देखिन्छ। गत शुक्रबार, सडकमा घाइते अवस्थामा छटपटाइरहेको एक कुकुरलाई स्थानीयहरूले अमानवीय ढंगले हत्या गरेका छन्।

    प्रत्यक्षदर्शीका अनुसार उक्त कुकुरलाई एक गाडीले ठक्कर दिएको थियो, जसका कारण ऊ गम्भीर घाइते भएको थियो। पीडाले तड्पिरहेको कुकुरलाई स्थानीयले बौलाहा भन्दै लखेटे, अनि जालीभित्र थुनेर निर्घात कुटपिट गरे।

    भिडियो फुटेजअनुसार केही व्यक्तिहरू कुकुरमाथि आक्रमण गरिरहँदा रमाइरहेका थिए। कसैले यसलाई ‘मिसन सफल’ भनेका थिए भने एक महिलाले ‘अब त रगत नै रगत भयो’ भन्ने प्रतिक्रिया दिएकी थिइन्।

    सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै यो घटनाले तीव्र आलोचना पाइरहेको छ। पशुप्रेमी सुनैना पन्थीका अनुसार उक्त कुकुर बौलाहा थिएन, न त उसले कसैलाई टोकेको थियो। उनी भन्छिन्, ‘हामीले यसलाई रेबिजविरुद्धको खोप लगाइदिएका थियौँ र बन्ध्याकरण पनि गरिएकाे थियो।’

    नागार्जुन नगरपालिकाको पशु शाखा प्रमुख करण कठायतका अनुसार स्थानीयले कुकुर बहुलाएको भन्दै जानकारी दिएपछि प्रशासनले निरीक्षण गर्न जाली उपलब्ध गराएको थियो। तर, कुकुरलाई नियन्त्रणमा लिएर उचित व्यवस्थापन गर्नुपर्ने ठाउँमा क्रुर हत्या गरिएछ, जसबारे नगरपालिकालाई कुनै जानकारी गराइएको थिएन।

    वडा नम्बर ६ का अध्यक्ष देवेन्द्रराज गिरीले आफू बिदामा भएकाले पशु शाखालाई खबर गर्न मात्र भनेको बताए। उनले घटनाबारे विस्तृत जानकारी नभएको जनाएका छन्।

    कानूनी रूपमा कुनै पनि जनावरलाई यति निर्दयतापूर्वक मार्न पाइँदैन। अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस्तो कार्य गम्भीर अपराध मानिन्छ, जसका लागि तीन महिनासम्मको जेल सजाय हुन सक्छ।

    पशुप्रेमी तथा कानूनी जानकारहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूका अनुसार सडक कुकुरहरूमाथि हुने यस्ता अन्यायपूर्ण घटनालाई रोक्न सरकार र स्थानीय प्रशासनले तुरुन्त हस्तक्षेप गर्न आवश्यक छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र...

    आज २०८२ साल असार २० गतेको राशिफल

    आज असार २०, २०८२ (जुलाई ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...

    अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई...

    पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

    पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी...