News Portal

  • सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली रिहा

    सामाजिक सञ्जालमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना बिना मुद्दा रिहा भएका छन्।

    संगीता गुरुङ
    १८१ पटक

    काठमाडौं, फागुन ११ – सामाजिक सञ्जालमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना बिना मुद्दा रिहा भएका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत माघ २३ गते सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको थियो।

    प्रहरीले उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान थालेको थियो। तर, सरकारी वकिल कार्यालयले कानुनी प्रक्रिया अघि नबढाउने निर्णय गरेपछि सातै जना रिहा भएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

    रिहा हुनेहरूमा धादिङका रोमन आले (२९), तनहुँका मनोहर थापा मगर (३६) र गुणबहादुर गुरुङ (३९), गोरखाका सुमन पराजुली (२७) र पदमबहादुर मगर (२९), काभ्रेका रोशन तामाङ (२६) तथा दोलखाका गोपाल मोक्तान (३९) रहेका छन्।

    प्रहरीका अनुसार, यी व्यक्तिहरू १०/१५ जनाको समूह बनाई खुकुरी तथा तरबार बोकेर केक काट्ने, मसल प्रदर्शन गर्ने तथा ती क्रियाकलापको भिडियो सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा पोस्ट गर्ने गर्थे। यस्ता गतिविधिले समाजमा भय सिर्जना गर्न सक्ने भन्दै प्रहरीले कारबाही अघि बढाएको थियो।

    तर, सरकारी वकिल कार्यालयले अभियोग दायर नगर्ने निर्णय गरेपछि उनीहरूलाई रिहा गरिएको हो। यस विषयमा प्रहरीले कुनै थप प्रतिक्रिया दिएको छैन।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...