News Portal

ललितपुरको सिभिल होम्समा आगलागी, दमकल टोली नियन्त्रणमा जुट्यो

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा बिहीबार आगलागी भएको छ।

संगीता गुरुङ
२०७ पटक

११ फागुन, काठमाडौं – ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा बिहीबार आगलागी भएको छ। प्राप्त जानकारीअनुसार, एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ।

स्थानीय बासिन्दाले आगो देखेपछि तत्कालै उद्धार टोलीलाई खबर गरेका थिए। सूचना प्राप्त भएलगत्तै ललितपुर महानगरपालिकाको दमकल, नगर प्रहरी र सुरक्षाकर्मीहरूको टोली आगो नियन्त्रणमा जुटेको छ। घटनास्थलमा स्थानीय बासिन्दा समेत आगो निभाउने प्रयासमा सक्रिय छन्। हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। सुरक्षाकर्मीहरूले आगलागीको थप कारणबारे अनुसन्धान गरिरहेको छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...