News Portal

  • आजको राशिफल

    आज २०८१ फागुन ११ गते, आइतवारको तपाईँको राशिफल यसप्रकार छ:

    हिमालीसंचार संवाददाता
    १६१ पटक

    आज २०८१ फागुन ११ गते, आइतवारको तपाईँको राशिफल यसप्रकार छ:

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

    अनुभवी व्यक्तिहरूको सहयोगले विद्यार्थीहरूको करियरमा सही मार्गदर्शन मिल्नेछ। व्यापारिक लेनदेनमा अरुमाथि विश्वास नगर्नुहोला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    कार्यक्षेत्रमा गरेको योगदानको राम्रो प्रतिफल मिल्नेछ। मनमा उब्जेको कौतुहलताबाट छुटकारा मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    मेहनतले सजिलै लक्ष्यमा पुर्‍याउनेछ। प्रेमी वा प्रेमिकासँग मनमुटाव हुन सक्छ। व्यापारमा उधारो कारोबार बढ्ने योग छ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

    गुमाएको प्रतिष्ठा हासिल गर्न सक्नुहुनेछ। समयमा कार्य सम्पादन नहुनाले चिन्ता रहनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

    रिसाएका इष्टमित्रहरूलाई प्रसन्न पार्न सकिनेछ। अहंकार वा लोभमा आएर लाभकारी योजनाहरू गुमाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

    आयमा वृद्धि हुनेछ। आफन्तहरूसँग मनमुटाव हुन सक्छ। कार्यक्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। कानुन विपरीत कुनै पनि कार्य नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

    कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। लामो समयदेखि चलिरहेको सम्पत्ति सम्बन्धी विवाद सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

    सबैको सल्लाहले निर्णय लिनुहोस्। सकारात्मक सोचले अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। शुभचिन्तकबाट सोचेजस्तो सहयोग र साथ नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

    व्यापार व्यवसायमा नयाँ कामको सुरुवात हुनेछ। राज्य पक्षबाट शुभ समाचार सुन्न पाउनुहुनेछ। सकारात्मक रहनुहोस्, मुद्दा मामिलामा सफलता पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि):

    धर्मकर्ममा रुचि बढ्नेछ साथै आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। फजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

    सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। शेयर बजारबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

    नोकरी वा पेशामा पदोन्नतिको योग छ। आयस्रोत बढ्नेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्, सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    तपाईँको दिन शुभ रहोस्!

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...

    माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

    काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा...

    ताप्लेजुङमा पहिरोले कटुवाल परिवारको घर पुरिँदा चार जना घाइते

    ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका...