News Portal

आजको राशिफल

आज २०८१ फागुन ११ गते, आइतवारको तपाईँको राशिफल यसप्रकार छ:

हिमालीसंचार संवाददाता
२५६ पटक

आज २०८१ फागुन ११ गते, आइतवारको तपाईँको राशिफल यसप्रकार छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

अनुभवी व्यक्तिहरूको सहयोगले विद्यार्थीहरूको करियरमा सही मार्गदर्शन मिल्नेछ। व्यापारिक लेनदेनमा अरुमाथि विश्वास नगर्नुहोला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

कार्यक्षेत्रमा गरेको योगदानको राम्रो प्रतिफल मिल्नेछ। मनमा उब्जेको कौतुहलताबाट छुटकारा मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

मेहनतले सजिलै लक्ष्यमा पुर्‍याउनेछ। प्रेमी वा प्रेमिकासँग मनमुटाव हुन सक्छ। व्यापारमा उधारो कारोबार बढ्ने योग छ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

गुमाएको प्रतिष्ठा हासिल गर्न सक्नुहुनेछ। समयमा कार्य सम्पादन नहुनाले चिन्ता रहनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

रिसाएका इष्टमित्रहरूलाई प्रसन्न पार्न सकिनेछ। अहंकार वा लोभमा आएर लाभकारी योजनाहरू गुमाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

आयमा वृद्धि हुनेछ। आफन्तहरूसँग मनमुटाव हुन सक्छ। कार्यक्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। कानुन विपरीत कुनै पनि कार्य नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। लामो समयदेखि चलिरहेको सम्पत्ति सम्बन्धी विवाद सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

सबैको सल्लाहले निर्णय लिनुहोस्। सकारात्मक सोचले अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। शुभचिन्तकबाट सोचेजस्तो सहयोग र साथ नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

व्यापार व्यवसायमा नयाँ कामको सुरुवात हुनेछ। राज्य पक्षबाट शुभ समाचार सुन्न पाउनुहुनेछ। सकारात्मक रहनुहोस्, मुद्दा मामिलामा सफलता पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि):

धर्मकर्ममा रुचि बढ्नेछ साथै आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। फजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। शेयर बजारबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

नोकरी वा पेशामा पदोन्नतिको योग छ। आयस्रोत बढ्नेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्, सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

तपाईँको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...