News Portal

राजस्व चुहावट मुद्दामा तीन जनाविरुद्ध कानूनी कारबाही

करिब ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर गरिएको छ।

संगीता गुरुङ
१८८ पटक

फाल्गुन ९, काठमाडौं – करिब ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा बाराको कलैया उपमहानगरपालिका–५ निवासी ३६ वर्षीय कर्मा साह सोनार, उनकी श्रीमती ३७ वर्षीया इन्द्रकुमारी परियार र वीरगञ्ज महानगरपालिका–२८ निवासी ४० वर्षीय शंकर साह सोनार (शंकरप्रसाद सोनार) रहेका छन्।

राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार, उनीहरूविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ अन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

गत मंसिर २१ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जबाट प्रहरी टोलीले कर्मा साह सोनारलाई पक्राउ गरेको थियो। वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गर्दा स्कुटीमा लुकाइएको चाँदी फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो। अनुसन्धानको क्रममा थप दुई जनाको संलग्नता पुष्टि भएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...